काठमाडौं – सर्लाही र जनकपुरमा शुक्रबार बर्षासँगै चट्याङ पर्दा आधा दर्जनको ज्यान गएको छ । चट्याङ लागेर दुई घाइते भएका छन् ।
जनकपुर: अनुसार अपरान्ह आएको हावा हुरी र वर्षासँगै चट्याङ पर्दा धनुषामा तीन जनाको मृत्यु भएको छ ।
मृतकहरु भारत मधुवनी जिल्ला कौवाहा ग्रामका भैंसी व्यावसायी रहेको प्रहरीले जनाएको छ । उनीहरु दीगम्बरपुर गाविस- ९ स्थित औहराको वगैचामा वास वसी रहेको वेला चट्याङ परेको थियो ।
चट्याङले मधुवनी कौवाहाका राजेन्द्र नट, रामअशीष नटको मृत्यु भएको ईलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ । एक मृतकको नाम खुल्न सकेको छैन ।
सर्लाही: शुक्रबार परेको चट्याङले तीन जनाको मृत्यु भएको छ । दुईजना गम्भीर घाइते भएका छन् ।
दिउँसो साँढे १ बजे परेको चट्याङबाट ढुंग्रेखोला गाबिस-८ का ३० बर्षीय सुकबहादुर मोक्तान, हरिऔन गाबिस-६ ताइवान टोलकी २३ बर्षीया साईली मगर र सोही टोलकी ४५ बर्षीया मिनाकुमारी ठकुरीको मृत्यु भएको प्रहरी नायब उपरीक्षक युवनारायण बैद्यले बताए । लामाको घरमा बसेको अबस्थामा र अन्य दुईको बारीमा काम गरिरहेको अबस्थामा मृत्यु भएको हो ।
चट्याङ लागेर ताइवान टोलका रमेश मोक्तान र मन्दिरा मोक्तान गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारार्थ वीरगंज पठाइएको छ ।



