काठमाडौं – माओवादीले प्रधान मन्त्रीले राजिनामा नदिएसम्म सरकारसँग वार्ता नगर्ने निर्णय गरेको छ। आज माओवादी मुख्यालयमा बसेको पार्टी स्थायी कमिटी बैठकले उक्त निर्णय गरेको हो।
यसअघि आइतबार साँझ प्रधान मन्त्री माधवकुमार नेपालले माओवादी अध्यक्षलाई सम्बोधन गर्दै वार्ताका लागि पत्र लेखेका थिए। पत्रबारे छलफल गर्दै माओवादी बैठकले यस्तो निर्णय गरेको हो।
त्यसैगरी माओवादीले आमहड्ताल स्थगन गरेपछि त्यसको भोलिपल्ट शनिबार खुलामञ्चमा आयोजना गरेको सभामा माओवादी अध्यक्ष पुष्पकमल दाहालले सरकारको प्रतिक्रिया हेरेर मात्र वार्तामा बस्ने/नबस्ने निर्णय गरिने बताएका थिए। उनले भनेका थिए- अब बल सरकारको कोर्टमा छ, त्यहाँबाट जसरी फर्काइन्छ, त्यहीअनुसार प्रहार हुन्छ।
आइतबारको बैठकले आफ्नो पार्टीद्वारा आयोजित ६ दिने आमहडताल सफल भएको निष्कर्ष पनि निकालेको छ।



