बारा – बारा सदरमुकाम कलैयाको मुख्य बजारमा मंगलबार बिहान बम विस्फोट गराइएको छ । उक्त विष्फोटमा परेर एक महिला गम्भीर घाइते भएकी छन् ।
जिल्ला प्रहरी कार्यालयका अनुसार कलैया-६ निवासी ५० वर्षीया कलैया-६ निवासी पासपति देवी साह घाइते भएकी हुन् । उनको दाहिने खुट्टा एवम शरीरको दाहिने भागमा बमको छर्रा लागेको छ । कलैया अस्पतालमा प्रारम्भिक उपचार भएपछि थप उपचारको लागि उनलाई वीरगंज लगिएको छ ।
अज्ञात समूहले गिलासमा विस्फोटक सामाग्री राखि त्यसलाई सकेट बमको रुप दिएको प्रहरीले जनाएको छ । विस्फोट कसले, किन गराएको खुल्न नसकेको र यसको अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । विहान ५ बजेर २५ मिनेटमा बम विष्फोट भएको स्थानीयले बताए । तापस सरकारको घरमा रहेको गढीमाई हेल्थ क्लिनिक सेन्टर र गढीमाई एक्सरे सेवा अगाडि विष्फोट भएको हो ।



