गोरखामा ट्रकले किचेर बालकको मृत्यु

गोरखा, जेष्ठ ४ – गोरखा नगरपालिका ८ लक्ष्मीबजारमा मंगलबार ट्रकले किचेर एक बालकको मृयु भएको छ ।सामान झारेर व्याक गर्ने क्रममा न्ाा.२ख.६७०५ नम्वरको मालवाहक ट्रकले किच्दा ५ बषिर्य निरज थापामगरको मृत्यु भएको प्रहरीले बताएको छ ।

 

ताक्लुङ गाउ विकास समिति घर भई नगरपालिका ८ लक्ष्मीबजारमा डेरा गरी बस्दै आएका थापाको घट्नास्थलमा मृत्यू भएको हो ।

 

थापालाई ट्रकले किच्दा टाउकोमा चोट लागेको थियो । शव पोष्टमार्टमका लागि गोरखा अस्पताल ल्याइएको प्रहरीले बताएको छ ।