सल्यान – सल्यानको पूर्वी क्षेत्रमा पर्ने रिम ४ जामुनेमा २२ बर्षीया युबतीको धारीलो हतियारले घाँटी रेटेर हत्या गरिएको छ । जंगलमा घास काट्न गएको बेला कमला शाहु नाम गरेकी युबतीको मंगलबार बिहान ७ बजे हत्या गरिएको हो ।
हत्याराले उनलाई जंगलमै छाडेर भागेका थिए । घर र्फकन ढिला गरेपछि खोजबीन गर्दा उनि मृत अबस्थामा भेटिएकी स्थानियबासिहरुले बताए ।
हत्याको आरोपमा स्थानीयबासीले कुपिण्डे गाबिसको जयतपानी घर भएका पूर्ण बहादुर यरिलाई पक्राउ गरी ईलाका प्रहरी कार्यालय कपुरकोटमा बुझाएका छन ।
प्रहरीले भने घटनाको छानबीन भइरहेको जनाएको छ ।