युनिटीका लुम्बिनी अञ्चल अध्यक्ष प्रहरी नियन्त्रणमा

उमाकान्त पाण्डे गाउले /गणेश चुदाली


युनिटी लाईफ ईन्टरनेश्ानल लिमिटेड लुम्बिनी अञ्चल शाखा कार्यालय बुटबलका २ जना प्रतिनीधीलाई आज रुपन्देही प्रहरीले नियन्णमा लिएको छ ।
 
प्रहरीले नियन्णमा लिएका हरुमा युनिटी लाईफका लुम्बिनी अाचद अध्यक्ष रोमलाल गिरी र सस्थाका प्रेसिडेन्ट पदका खेम राज रेग्मी रहेको रुपन्देही प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक छबिलाल बन्जाडे जोशीले बताउनु भयो ।


दुबै जनालाई सर्बसाधारणले दिएको उजुरीका आधारमा पक्राउ गरीएको प्रहरी प्रमुखले जनाउनु भएको छ ।
पक्राउ पछी दुबैलाई बयानका लागी जिल्ला प्रशासन कार्यालय रुपन्देहीमा पठाईएको र त्यस पछी थप कारबाहीको प्रकिया अगाडी बढाईने प्रहरी उपरीक्षक बन्जाडे जोशीलदे बताउनु भयो ।


गृह मन्त्रालयले २ दिन अघि ७५रै जिल्लामा पत्राचार गरी युनिटीका स्थानिय साचालकहरुलाई समेत पक्राउ गर्न आदेश दिएको थियो ।


देश भित्र बिभिन्न जिल्लामा युनिटी अबैधानिक भएको भन्दै रकम फिर्ता गर्नु पर्ने माग राख्दै युनिटी कार्यालयमा धर्ना दिएको र ईलाम जिल्लामा रकम नै फिर्ता गरेको अबस्थामा रुपन्देहीमा पनि युनिटी लाईफसंग आबद्ध ५ सदस्यहरु शंकर पाण्डे लक्ष्मण भट्टराई त्रिबिक्रम रावल बिजया केसी र सुवास चौधरीले सस्थाको बैधानिकता खोज्दै जिल्ला प्रशासन कार्यालय र प्रहरी कार्यालयमा छानबिनको माग गर्दै ५ दिन अघि नै निबेदन दर्ता समेत गराएका थिए ।