कचनपुरको गड्डाचौकीमा एक घरमा आगलागी हुदा लाखौको क्षति भएको छ । भीमदत्तनगरपालिका ११ गड्डाचौकीमा रहेको ज्ञानु चन्दको घरमा आगलागी हुदा लाखौको धनमाल जलेर नष्ट भएको छ । घरमा आगलागी भएपछि घरमा सन्चालन भएका चारवटा पसलहरुमा रहेको सामान सबै जलेर नष्ट भएको छ । आगलागीबाट १७ लाख बराबरको क्षति भएको पीडित ज्ञानु चन्दले बताउनुभयो । प्रहरीले आगलागी कसरी भयो भन्नेबारेमा अनुसन्धान भइरहेको जनाएको छ ।
आज दिउसोदेखि रोल्पाको गैरीगाउँ गाविस वडा नं १ २ र ३ को बन जंगलमा भिषण आगलागी भएको छ । गैरीगाउँ गाविस वडा नं २ दुम्ला भन्ने जंगलबाट सुरु भएको आगो अझै नियन्त्रण बाहिर रहेको छ । वडा नं २ दुम्ला भन्ने जंगलबाट सुरु भएको आगो अहिले वडा न्ां १ को जंगल र वडा न्ां ३ स्थित सानोपोखरी सामुदायिक बनमा फैलिएको छ । आगो गैरीगाउँ टिला स्थित ज्वार बिग्रेडका जनमुक्ति सेनाको टोली र स्थानियवासीले नियन्त्रणमा लिने प्रयास गरिरहेका छन् ।
सल्यानको मुलखोलामा भएको आगलागिबाट दुईवटा घर जलेर नष्ट भएका छन् । आगलागि नियन्त्रणमा लिने क्रममा चार जना घाईते भएका छन् । मुलखोला गाविसको वडा नम्वर १ देउलीमा भएको आगलागिमा स्थानिय मनविर बुढा र हिरालाल बुढाको घर जलेर नष्ट भएका हुन् । आगलागिबाट दुईवटा घरमा रहेका सम्पुर्ण सामान जलेर नष्ट हुदा झण्डै ५ लाख वरावरको क्षति भएको पिडितले बताएका छन् । भाट्मारे सामुदायिक बनमा चारदिन देखि फैलिएको आगो गुऊमा पसेपछि सो क्षति भएको हो । अहिले सम्म आगो नियन्त्रणमा आउन सकेको छैन ।



