दर्जन साना पार्टीहरुले अघोषित मोर्चाबन्दी,तीन ठूला दललाई सहमतिमा पुग्न दबाब

संविधानसभाका एक दर्जन साना पार्टीहरुले अघोषित मोर्चाबन्दी गरेर प्रमुख तीन ठूला दललाई सहमतिमा पुग्न दबाब बढाएका छन्।

तेह्र साना पार्टीले संयुक्त निर्णय गरी सत्ताधारी नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी एकिकृत नेकपा माओवादीका शीर्ष नेतालाई बिहीवार एउटै मञ्चमा निम्त्याएका छन्।


अघोषित मोर्चाबन्दीमा सत्ता साझेदारका साथै यसअघि माओवादीलाई साथ दिने वाचा गरेका पार्टी पनि छन्।


उनीहरुको मूल निर्णय सरकार र सत्ताधारी पार्टीले संविधानसभाको म्याद थप्न गरिरहेको प्रयासलाई टेवा पुर्‍याउने खालको छ।


नेकपा मालेका महासचिव सीपी मैनाली भन्छन्,