भैरहवा – नियमित रुपमा विद्युत सेवा उपलब्ध नगराएको भन्दै स्थानिय सर्बसाधारणले बिहीबार विद्युत प्राधिकरण भैरहवा शाखामा तोडफोड गरी घेराउ गर्दा दिउसो झडप भएको छ । झडपमा रुपन्देही प्रहरी प्रमुख सहित आधादर्जन भन्दा बढी घाईते हुनाको साथै पाँच जना पक्राउ परेका छन् ।
बिहीबार मध्यान्ह भैरहवाको बर्मेलीटोलमा जम्मा भई गएको सर्बसाधारणहरुको समुहले प्रर्दशन गर्ने क्रममा प्रर्दहनकारीहरुलाई सम्झाउन घटनास्थल पुग्नु भएका रुपन्देहीका प्रहरी प्रमुख छबिलाल बन्जाडे जोसीलाई प्रर्दशनकारी हरुले ढुङ्गा प्रहार गरी घाईते बनाएपछि भएको लाठी चार्जमा पाँच प्रहरी सहित दर्जन बढी घाईते भएका छन् ।
घाइतेहुनेहरुमा सिदार्थनगरपालिका १ बलैहियाका कृष्ण क्षेत्री , शिव ज्ञवाली लगायतका रहेको जनाइएको छ ।
घाइतेहरुको भिम अस्पताल भैरहवामा उपचार भइरहेको छ । स्थानीय बासिन्दाले बिद्युत कार्यालयका कर्मचारीहरुका विरुद्धमा नाराबाजी गर्दै कार्यालय घेराउ गरेका थिए । उनीहरुले दिउसो केहिबेर सिदार्थ राजमार्गमा चल्ने सबारी साधनमा समेत अवरोध गरेका थिए ।