लहान, जेठ ७ – पुर्ब पश्चिम राजमार्गको सप्तरी जंडौल सडक खण्डमा शुक्रबार अप्रान्ह यात्रु बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि आक्रोसित स्थानीयले राजमार्ग अबरुद्ध पारेका छन।मृत्यु हुने जंडौल ६ का ७० बर्षिय लखन साह हुन्।
को १ ख २२७४ नम्बरको गुरास यातायातको बस गाईघाट तर्फ जादै गर्दा सडकमा यात्रा गरिरहेका साहलाई ठक्कर दिएपछि उनको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ।बस तिब्र गतिमा रहेकोले दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुमान छ।ठक्कर दिने बस र चालक प्रहरी नियनत्रणमा रहेको जिल्ला प्रहरी कार्यालय राजबिराजले जनाएको छ।
आक्रोशित स्थानीयले गरेको सडक अबरोध खुलाउने प्रयास भैरहेको सप्तरी प्रहरी प्रमुख शरद ओलीले बताए। ठक्कर दने बसलाई आक्रोशित स्थानीले ताडफोड समेत गरेका छन्।
यसैगरी, पुर्ब पश्चिम रराजमार्गको सप्तरी भंगहा सडक खण्डमा बिहिबार राती ना ४ ख ३२०३ नम्बरको यात्रु बसको ठक्करबाट बा ४० प ४९६९ नम्बरको मोटरसाईकल चालक सुनसरी बराह क्षेत्र ६ का केशव बिष्टको मृत्यु भएको छ। तिब्र गतिमा रहेको सो यात्रु बसले मोठरसाईकलमा ठक्कर दिएपछि घाईते चालक बिष्टको सगमाथा अञ्चल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ। ठक्कर दिने बस र चालक प्रहरी नियन्त्रणमा रहेको जिल्ला जिल्ला ट्राफिक कार्यालय शम्भुनाथले जनाएको छ।