उमाकान्त पाण्डे गाउले – अर्घाखाँची टाईम्स अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि – हाल नेपाल
प्रधानमन्त्री माधवकुमार नेपालले समायोजन र पुर्नस्थापना हुने लडाकुको संख्या नतोकेसम्म राजनैतिक सहमति हुननसक्ने बताएका छन् । नेपाल भ्रमणमा आएका नर्वेंका अन्तराष्ट्रिय विकास सहयोग तथा वातावरणमन्त्री एरिक सोल्हेमसँग त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलमा भएको भेटमा नेपालले उक्त कुरा बताएका हुन् ।
मन्त्री सोल्हेमले संविधानसभाको म्याद थपसम्बन्धमा पनि चासो व्यक्त गरेका थिए । जवाफमा प्रधामन्त्री नेपालले संविधानसभाको म्याद थप्नेमा माओवादी पनि सहमत हुनेमा आफू विश्वस्त रहेको बताएका थिए ।आजै मन्त्री सोल्हेमले परराष्ट्रमन्त्री सुजाता कोइरालासँग पनि भेटघाट गरेका थिए ।
साथै आजै संविधान निर्माण र जारी शान्ति प्रक्रियाको बारेमा माओवादी, एमाले, कांग्रेस लगायतका शिर्ष नेताहरुसँग उनले छलफल गर्ने कार्यक्रम रहेको छ ।



