काठमाडौंको बालाजुमा गोली चल्यो,एक अपराधि पक्राउ

गणेश चुदालि – काठमाडौं  



काठमाडौंको बालाजुमा आज दिउँसो लुटेरा समूह र प्रहरीबीच दोहोरो गोली हानाहान भएको छ प्रहरीको गोली लागेर लुटेरा समूहमा रहेका गोर्खाका शिव ढकाल घाईते भएका छन् भने अर्का एक जना पक्राउ परेका छन् । पेटमा गोली लागेर घाईते भएका ढकालको वीर अस्पतालमा उपचार भैरहेको छ । 



कटुवा पेस्तोल लिएर हिँड्दै गरेको थाहा पाएर सादा पोसाकमा रहेका प्रहरीले पिछा गरेका थिए । २ जनाको समूहमा रहेका उनीहरुले गोली चलाएपछि जवाफी कार्बाही गर्नु परेको प्रहरीले जनाएको छ ।

 

लुटेरामध्ये पक्राउ परेका एक जनालाई महानगरीय प्रहरी परिसर सोह्रखुट्टेमा राखेर अनुसन्धान थालिएको प्रहरीले जनाएको छ ।