संविधानसभाको म्याद सशर्त थप्ने अडान राख्दै आएको प्रमुख विपक्षी दल माओवादीको केन्द्रीय समिति बैठक शनिबार बिना निर्णय टुंगिएको छ।
सशर्त म्याद थप्ने भनाइसहितको माओवादी अध्यक्ष प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि शुक्रबारदेखि छलफलमा रहेका माओवादीका केन्द्रीय सदस्यहरुबीच शनिबार पनि म्याद थप्ने नथप्नेबारे विवाद चलेको बताइएको छ।
विवाद
बैठकमा सहभागी माओवादी प्रवक्ता दिनानाथ शर्माका अनुसार केन्द्रिय समिति सदस्यहरुले बोल्ने क्रम सकिएपछि अध्यक्ष प्रचण्डले छलफलमा उठेका कुराहरुको जवाफ दिनेछन्।
उनले भने, “त्यसपछि मात्र माओवादीको भावी दिशा निर्धारण हुनेछ।”
म्याद थपलाई सरकार विघटन र राष्ट्रिय सरकार गठनसँग जोडेको माओवादीले आफ्नो अडान परिवर्तन गरिसकेको छैन।
शनिबार विहान कांग्रेस शीर्ष नेतृत्वसँग भएको कुराकानीमा माओवादी अध्यक्ष प्रचण्डले सरकार विघटनको मागलाई दोहोर्याएका थिए।
विहान माओवादीसँगको बैठकमा सहभागी कांग्रेस नेता रामशरण महतले प्रधानमन्त्रीको राजीनामा माग्दै आएका माओवादीले अडान नफेरेको बताएका छन्।
प्रमुख सत्तारुढ दलहरु एमाले र नेपाली कांग्रेसबीच शनिबारै भएको दुइपक्षीय बैठकमा उनीहरुले आफ्ना पुराना अडान दोहोर्याएका छन्।
सत्ताधारी दुई दलहरु एमाले र नेपाली कांग्रेस अन्तिम समयमा पुगेपछि माओवादी निशर्त म्याद थप गर्न सहमत हुने ठानिरहेका छन्।
महतले भने,



