अस्पताल बन्द हुँदा हजारौ बिरामी मर्कामा

– गणेश चुदाली, काठमान्डौ
बिबिध समाचार र स्रोतबाट

 

छ  दिन अघि बेपत्ता हुनुभएको भरतपुर क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा। भक्तमान श्रेष्ठको अखवस्था अझै अज्ञात रहेको छन् । डा। श्रेष्ठको अवस्था त्ात्काल सार्वजनिक गर्न र सुरक्षाको प्रत्याभूतिको माग राख्दै विगत पाँच दिनदेखि चितवनका सम्पूर्ण अस्पतालमा आकस्मिक बाहेकका सेवा ठप्प हुँदा बिरामीहरु भने मर्कामा परेका छन् ।

 

सीमित खर्च लिएर अस्पतालमा उपचार गराउन आएका बिरामीका आफन्तहरु खर्च सकिएर बिचल्लिमा परेका छन् । वार्डमा भर्ना भएका बिरामीहरुले उपचार पाएपनि खर्च अभाव भएका कारण मर्कामा परेका छन् भने नयाँ आउने बिरामीहरु अस्पताल बन्द भएका कारण उपचार नपाई फर्कन बाध्य भएका छन ।

 

उपचार नपाएको भन्दै बिरामीका आफन्तहरुले आक्रोश पोख्न थालेका छन । भरतपुरस्थित क्यान्सर अस्पतालमा भारत बगलादेश लगायतबाट पनि उपचारका लागि बिरामीहरु आउने गर्दछन ।

 

चितवनमा ४ नरिसंह होम ८ वटा निजि अस्पताल रन्तनगरका २ वटा अस्पताललगायत क्लिनिक र औषधि पसल गरी २ सयको हाराहरीमा स्वास्थ्य सेवा बन्द रहेका छन ।