माओवादी एमाले छलफल निस्कर्ष विहिन आजै तीनदलको बैठक बस्ने तयारी

– गणेश चुदाली, काठमान्डौ
बिबिध समाचार र स्रोतबाट

 

राजनीतिक गतिरोध अन्त्य र संविधानसंसोधनका विषयमा छलफल गर्न बसेको एकीकृत नेकपा माओवादी र नेकपा एमालेबीचको बैठक वीना निस्कर्ष टुङ्गिएको छ । एकीकृत माओवादीले प्रधानमन्त्रीले तत्काल राजीनामा दिनुपर्ने पहिलेको शर्त राखेको छ भने एमालेले संविधान संशोधनपछि त्यस विषयमा छलफल गर्नु बताएको छ । दुईवटा अडानका बीच बिहान करिव डेड घण्टा एकीकृत माओवादी अध्यक्ष प्रचण्ड निवासमा बसेको बैठक विना निस्कर्ष सकिएको हो । बैठकमा दुइटै दलका शीर्ष नेताहरुको सहभागिता थियो ।

 

आजै तीनदलको बैठक बसेर सहमतिको प्रयास खोजिने नेताहरुले बताएका छन् ।  माओवादी आम हड्ताल फिर्ता लिए लगत्तै देखि अवरुद्ध भएको तीनदलको बैठक आज बस्न लागेको हो । कांग्रेसका उपसभापति रामचन्द्र पौडेलले एमाले र माओवादीले बैठक सकिएको र केहीबेरमा तीनदलको बैठक तय हुने बताउनुभयो । तीनदलको बैठकमा संविधानसभाको म्याद थप प्रधानमन्त्रीको राजीनामा राष्ट्रिय सरकार गठन सहित अरु विवादका विषयमा छलफल हुनेछ ।

 

एमाले र कांग्रेलले प्रधानमन्त्रीको राजीनालाई संविधानसभाको सर्त मान्न नहुने बताएका छन् भने एकीकृत माओवादीले प्रधानमन्त्रीको राजीनामा पहिले सर्त बनाएको छ । दलहरुबीच पहिले तय गरिएका ६ बँुदा मध्ये तत्काल संविधानसंसोधनका विषयमा छलफल गर्ने बताएका छन् ।