माओवादीले अन्तरिम संविधान संशोधन विधेयक विरोधको सूचना फिर्ता लिने

माओवादीले अन्तरिम संविधान संशोधन विधेयक अघि नबढाउन संसद सचिवालयमा दर्ता गरेको विरोधको सूचना फिर्ता लिने भएको छ ।


सोमबार राजधानीस्थित एक होटलमा बसेको माओवादी, कांग्रेस, एमालेका शीर्ष नेताहरुको बैठकमा विरोधको सूचना फिर्ता लिन माओवादी सहमत भएको कांग्रेस नेता कृष्ण सिटौलाले जानकारी दिए ।  माओवादीको केन्द्रीय समितिको बैठक जारी रहेकाले थप बिषयमा मंगलबार विहान तीन दलका शीर्ष नेताबीच पुनः छलफल हुनेछ ।


माओवादी सभासद देव गुरुङ र एकराज भण्डारीले संसद सचिवालयमा सहमतिविना बिधेयक अघि बढाउनुको औचित्य नहुने जनाउदै आइतबार विरोधको सूचना दर्ता गराएका थिए । बैठकमा तीनै दलका शीर्ष नेता सहभागी थिए ।