कपिलवस्तुमा नयाँ वन्ने संविधान कस्तो वन्नु पर्ला भनेर गाउँ गाउँमा अभियान

– गणेश चुदाली


संविधानका मस्यौदामाथी नागरिक जनचेतना सहित सुझाव संकलन अभियान  कपिलवस्तुमा तिव्र रुपमा अगाडि वढेकेा छ । अहिले सम्म वनेका संविधानका मस्यौदामा जनतताका अधिकार परे नपरेकेा जानकारी सहित नयाँ जारि गर्ने संविधानमा सवैको अधिार स्थापित गर्न सहयोग पुर् यउनका लागि गरिएको सुझाव सङकलनको क्रममा जनताले विभिन्न सुझाव दिएका छन् ।

 

समयमै संविधान जारि नहुने पक्का पक्कि भएपछि कतिपय स्थानका जनताले सहज कर्ता मार्फत गुनासो समेत पठाएका छन् ।  कपिलवस्तुका ७७ गाविस र १ नगरपालिकामा सुरु भएको सुझाव संकलनका लागि जिल्लामा २५ जना सहजकर्ताले सहजिकरण गरिरहनु भएको छ ।

 

सुझाव सकलन कार्यक्रमलाई  – एस  पि सि वि एन यु एन डि पि ले सहयोग गरेकेा छ भने दलित गैर सरकारी सस्था ले आयोजकको भुमिका खेलेको छ ।