उच्च माध्यमिक स्थापना गर्नका लागि धार्मिक कार्यक्रम

– गणेश चुदाली


आफ्नै गाउँमा उच्च माध्यमिक विद्यालयको स्थापना गर्ने उद्देश्यले दिवुङ्ग ५ सराङ्ग मैदानमा रहेको शारदा माध्यमिक विद्यालयमा २ दिने पुजापाठ तथा धार्मिक कार्यक्रम सम्पन्न भएको छ ।


कार्यक्रममा पहिलो दिन ३० लाख भन्दा बढि रकम संकलन भएको र दोस्रो दिन १५ लाख गरि करिब ४५ लाख रकम संकलन भएको छ । एकलाख भन्दा बढी दान गर्नेहरुमा रुपन्देही ५ मणिग्राम निवासी प्रेम देवकोटाले २ लाख ११ हजार १ सय ११ रुपैया गुल्मी जिल्ला विशुखर्क ९ हाल आनन्दबन  रुपन्देही बस्ने सिताराम सापकोटाले १ लाख ११ हजार १ सय ११ रुपैया दिबुङ्ग घर भई रुपन्देहीमै बस्दै आएका घनश्याम खरेलले १ लाख ५ हजार दान गरेका थिए भने अन्य दान गर्नेहरुमा स्थानीयवासी छिमेकी गाविसका ब्यक्तिहरु रहेका छन । दान बाट उठेको रकमबाट छिट्टै विद्यालयलाई उच्च साचालन गर्ने बिद्यालयस्रोतले बताएको छ ।


प्रमुख जिल्ला अधिकारी परशुराम अर्यालको प्रमुख अतिथ्यता र स्थानीय विकास अधिकारी दिपेन्द्र राज पौडेलको बिशेष आतिथ्यता रहेको कार्यक्रममा सरस्वती मन्दिरको उद्घाटन समेत गरिएको थियो ।


सो धार्मिक कार्यक्रममा एक हजार आठ सय स्वामी द्धय ज्ञानानन्द सरस्वती महाराज र सरस्वती महाराजबाट प्रवचन भएको थियो । पुजापाठ कार्यक्रममा हजारौ धर्मालम्बीहरुको सहभागीता रहेको थियो ।