नेपालबाटै उडाईन्छ नेपाली चेली, खाडि मुलुकमा बड्यौ बिक्रिको बिगबिगी

विराटनगरकी दिलमाया परियार, नवलपरासीकी हेमकुमारी परियार, नवलपरासीकै सुरीमाया दर्जी र धनुषाकी हसिना खातुन एक पैसा खर्च नगरी साउदी अरब पुगे। अहिले उनीहरू त्यहाँका विभिन्न घरमा घरेलु कामदार (हाउसमेड)का रूपमा काम गररिहेका छन्। ती चारै नेपाली महिला साउदीमा त छिरे तर खाडीका विभिन्न मुलुकहरूबाट उनीहरूकै जस्तो काम गरी रुँदै र्फकनेहरूको संख्या पनि बढिरहेको छ।
विशेष गरी खाडी तथा मध्यपूर्वी मुलुकहरूमा पुुरुष कामदारको माग बढेझैँ हाउसमेडको बजार पनि बढ्दो छ । खाडीका संयुक्त अरब इमिरेट्स (यूएई), साउदी अरेबिया, कुवेत, ओमान र मध्यपूर्वी लेवनान तथा मलेसियामा नेपाली महिला कामदारको संख्या बढिरहेको छ। यी मुलुकमध्ये साउदीमा ६० हजार, कुवेतमा २५ हजार र लेवनानमा १० हजार घरेलु कामदार रहेको सम्बन्धित मुलुकमा रहेका नेपाली दूतावास र अवैतनिक नियोगको अनुमान छ।
मीठा सपना पालेर खाडी जाने नेपाली चेलीहरूको संख्या झन् बढिरहेको छ। तर, ती मीठा सपना पूरा हुँदैनन् भन्ने पनि देखिएको छ। अवस्था कस्तो छ भने हरेक दिनजसो काठमाडौँस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा केही गैरसरकारी संस्था, मिडिया र प्रहरी-प्रशासनका अधिकारी पुगेकै हुन्छन्। उनीहरू अरू कामका लागि होइन, खाडीमा नारकीय जीवन भोगेर र्फकन लागेका चेलीहरूको उद्धारका लागि त्यहाँ जान्छन्। साउदी अरेबिया, कुवेत अथवा मध्यपूर्वको लेवनानस्िथत कूटनीतिक पदाधिकारीले दिने सूचनाका आधारमा