यूएईंमा ह्र्दयघात बाट एक नेपालीको मृत्‍यु / सहयोगका लागि अपिल

 – कृष्ण जिसी-सहयोगि अर्घाखाचि टाईम्स-आबुधाबी यूएई
गुल्मी जिल्ला भनभने गा बि स ३ गैराखर्कका भिम कान्त पन्थीको आफुले काम गर्ने कम्पनी को कोठामा ह्र्दयघात भयर राती ११:३० बजे छट पटाई रहेको अवस्थामा कोठामा बस्ने साथीहरुको सहयोगले अस्पताल  पुराउदा डाक्टरले उनलाइ मृत घोषणा गरे पछि सबै साथिहरु झस्किए । यसरि मृत्‍यु हुने नेपालिको श्यख्या खाडि रास्ट्रमा दिनप्रतिदिन बडिरहेको छ । 
उक्त घटनाको जानकारी शोही कम्पनीमा काम गर्ने खेतुलाल अधिकारीले दिनु भएको हो । बुवा आमा पनि गुमाइसकेका भिम कान्त ३१ बर्षका थिए  उनी ३ भाई मध्येका माईला हुन,घरमा १ छोरा र श्रीमती रहेका छन। घरको आर्थिक अवस्था अत्यान्तै कमजोर भएको कारणले उनी बैदेशिक रोजगारको सिलशिलामा यूएई को आबुधाबीमा रहेको AL HUSSAM GENERAL CONTRATING COMPANY  मा स्काफ़ोल्डरको रुपमा काम गर्दै आएका थिए। यूएई आएको २ बर्ष भित्रै उनको अल्प आयु मै दु:खद निदन ले उनको परिवारमा बिचल्ली छाएको छ। 
छोरा र श्रीमतीको कोही साहारा नभएकोले केही भएपनी आर्थिक सङ्कलन गरी सहयोग गर्ने हेतुले सोही कम्पनीका डि बि राउत,राजेश खड्का र खेतुलाल अधिकारिले सहयोग सङ्कलन गरिरहनु भएको बताइएको छ । पुलिस रिपोर्ट न आईसकेकोले लास नेपाल पठाउने प्रकिर्या अगाडि नबढेको र रिपोर्ट आईसकेपछी कम्पनीले नै सबै प्रकृया पुरा गरेर नेपालि दुतावास सग समन्यव गरि डेथ बोडी नेपाल पठाउने कुरा डि बि राउत ले जानकारी दिनु भएको छ ।  साथै यूएई  बासी सँघ,सस्था, समाजसेबी ,बुद्धी जिबी र सम्पूर्ण नेपाली दाजु भाई दिदी बहिनीहरुलाई आफु सक्दो आर्थिक सहयोग गरिदिनु हुन अर्घाखाचि डटकमको यसै समाचार मार्फ़त सबैमा अपिल गरिएको छ ।