पोखराको बेगनास तालमा डुंगासहित दुई बेपत्ता/खोजि जारि

पोखराको बेगनास तालमा डुंगासहित दुई जना हराएका छ्न । तालमा डुंगासहित बेपत्ता भएका उनिहरुको  खोजी सशस्त्र प्रहरी र नेपाल प्रहरीको टोलीले आज बिहानदेखि गरिरहेका छन्। गएरातिदेखि उनीहरु बेपत्ता भएका हुन्। स्थानीय बासिन्दा र प्रहरीले हिजो मध्यरातसम्म उनीहरुको खोजी गरेका थिए। बेपत्ता हुनेहरुमा  बेगनास-१० घर भएका रामबहादुर थापा र वीरबहादुर क्षेत्री रहेका छन्। उनीहरुसँगै डुंगा चढेका प्रकाश तिवारी र मनराज नेपाली भने पौडेर बचेका थिए। 
स्थानीय होटल व्यवसायीहरुले दिएको जानकारी अनुसार मदिरा सेवन गरेका उनीहरु चारै जना गएराति नौ बजे तिर ३७ नम्बरको डुंगा लिई तालपारीको गाउँ जान हिँडेका थिए। करिब एक किलोमिटर डुंगा खियाएपछि डुंगा डुबेको थियो। 
घटनामा बच्न सफल दुई जनालाई डाँडाको नाकस्थित इलाका प्रहरी कार्यालयमा राखिएको छ।