केहि बेरमै सहमतिकालागि तीन दलको बैठक बस्दै/संसद बैठक पनि बस्दै

गणेश चुदालि – अर्घाखाचि सन्धिखर्क प्रतिनिधि – हाल काठमान्डौ 
संविधानसभाको म्याद थप र राष्ट्रिय सहमतिका बारेमा टुङ्गो लगाउन प्रमुख तीन राजनीतिक दलको बैठक आज वस्दैछ । संविधानसभाको समयसिमा सकिन तीन दिनमात्र बाँकी रहँदा बस्न लागॆको तीन दलको बैठकलाई महत्वका साथ हेरिएको छ । आज बस्ने भनिएपनि अहिलेसम्म बैठकको समय र ठाउँको भने टुङ्गो लागिनसकेको नेताहरुले बताएका छन् । थुप्रै राजनीतिक मुद्धाहरु सहित संविधानसभाको म्याद थपिएन भने उत्पन्न  हुनसक्ने संबैधानिक संकट सल्ट्याउने बारेमा पनि आजको बैठकले महत्वपूर्ण भूमिका खेल्न सक्छ । हिजै दलका नेताहरुले संविधानसभा जोगाउनका लागि आज ठोस निष्कर्षमा पुग्ने प्रतिवद्धता जनाएका थिए ।
संसद बैठक बस्दै 
प्रमुख तीन दलको आग्रहका कारण हिजो स्थगित भएको व्यवस्थापिका संसदको बैठक आज फेरि बस्दैछ प्रमुख तीनदलले संविधान संशोधन विधेयक र विधेयकमाथिको विरोधको सूचना हिजोको बैठकमा नलैजान आग्रह गरेपछि संसदको बैठक सूचना टाँसेर स्थगित गरिएको थियो । आज दिउँसो तीन बजे सुरु हुने बैठकमा अन्तरिम संविधानको आठौ संसोधन सम्बन्धी विधेयक पेश हुनेछ । त्यसअघि बस्ने तीन दलको बैठकमा कुनै सहमति भएन भने विधेयक पेश हुनुअघि माओवादीको विरोधको सुचनामाथि छलफल र मतदान हुनेछ । तर आजको संसदको कार्यसुचि के हुने भन्ने बारेमा तीन दलको बैठककेा निर्णयले निर्धारण गर्नेछ । हिजो व्यवस्थापिका संसद नियमावलीको धारा संशोधन गरि प्रकि्रया छोट्याइएको थियो । दलहरुले एकैदिनमा विधेयक पारित गर्नका लागि नियमावलीको प्रावधान निलम्बन गरेका हुन । यसअघि गणतन्त्र कार्यान्वयनसम्बन्धी विधेयक पनि एकैदिनमा पारित भएको थियो ।