रोकिएन खाडीमा नेपाली महिलाको आत्महत्या न त रोकियो कुमारी आमा वन्ने सिलसिला

पच्चिस हजार भन्दा धेरै घरेलु महिला कामदारहरु पेशारत रहेको कुवैतमा ४५ दिनको अवधि भित्र तीन नेपाली चेलीले आत्महत्या गरेका छन् ।

 

१९ में बुधवारका दिन उम अल-हाईमानस्थित घरेलु कामदारमा कार्यरत एक ३४ वर्षिया नेपाली महिला आफुले काम गर्ने घरमा झुण्डिएर आत्महत्या गरेकी छिन् । उनले आत्महत्या गर्नुको कारण र उनको अन्य विवरण भने केही खुलाईएको छैन । आत्महत्या बारे कुवैत पुलिसलाई खबर प्राप्त भएपश्चात स्वास्थ्यकर्मीहरुको साथमा पुलिस पुगि परिक्षण गर्दा उनको मृत्‍यु भई सकेको र उनको मृत शरीर अहिले पुलिसले पोस्टमाटमको लागि लगेको छ । श्रोतका अनुसार मोरङ घर भएको यि चेली २ महिना पहिला भारतको बाटो हुँदै कुवैत पुगी फाहाईलको कुनै एजेन्सी मार्फत कुवैती घरमालिकको घरसम्म पुगेकी हुन ।

 

त्यस्तै २६ अप्रिलका दिन घरेलु कामदारको रुपमा कार्यरत अर्की महिलाले आफ्नै कोठामा आत्महत्या गरेकी थिईन । कुवैतको क्वासेर अल जहारा स्थित निजले काम गरिराखेको मालिकको घरमा यो घटना घटेको हो । घर मालिकले खबर गरे पछि पुलिस अनुसन्धान टोली त्यहाँ पुगि उनको पर्थिव शरीर लगेको थियो । कुवैत पुलिसले मृतकको नाम र ठेगाना खुलाएको थिएन , नेपाली घरेलु कामादार मात्रै खुलासा गरेको थियो ।

 

अप्रिलको पहिलो हप्तामा उमरिया भन्ने ठाउँमा नेपाली चेलीले हत्या गरेको खबर कुवैत पुलिसले सार्वजनिक गरेको थियो। यसै सन्दर्भमा थप जानकारीको लागि हामीले नेपाली दूताबास कुवैतसँग सम्पर्क राखेका थियौ । दूताबासका सचिव पुष्पराज भटराईले भन्नु भयो, “हामीले २ महिलाको पार्थिव शरीर नेपाल पठाईसकेका छौं र अर्को केसको पनि सम्बन्धित निकायमा पत्राचार गरी सत्य तथ्यको पता लगाउन र मृतकको परिचय विवरण दिन अनुरोध गरेका छौं ।” यि चेलीहरुले आत्महात्या गर्नुको कारण भने अनभिज्ञ छ ।

 

कुवैतमा नेपाली महिलाले आत्महत्या गर्ने र कुमारी आमा बन्ने सिलसिला जारी छ। १० दिन पहिला मात्रै नेपाली दूताबास कुवैतको दैलोमा नेपाली महिलाले छोरो जन्माएकी थिईन। अहिले पनि दूताबासको शरणमा रहेका दुई महिलाहरु गर्भवती अवस्थामा रहेको कुरा खुल्न आएको छ ।