माओवादी सेनाको दोस्रो डिभिजन अन्तर्गत यहाँस्थित त्रिवेणी गाविसको बेलसोतमा रहेको बिशालकुमार स्मृति बिग्रेडका एक लडाकुले सोमबार झुण्डिएर आत्महत्या गरेका छन् ।
भोजपुर स्थायी घर भएका २४ वर्षिय प्रेम सूयलले बाथरुमाभित्र झुण्डिएर आत्महत्या गरेको इलाका प्रहरी कार्यलय कटारीका प्रहरी नायाव निरीक्षक गोपाल राउतले वताए । उनका अनुसार बाथ रुमभित्र तौलीयाले घाटीमा बाँधेर झुण्डिएको अवस्थामा सूयलको शव भेटिएको थियो ।
सूयलको शव पोष्टर्माटपछि माओवादी सेनाको बिग्रेडका सेनाले वुझेर लगेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान भइरहेको छ ।
आत्महत्याको कारण भने खुल्न सकेको छैन । माओवादी सेनाको व्यारेकभित्रै आत्महत्या गरेकाले अनुसन्धान गर्न समस्या हुने सुरक्षा स्रोतले वतायो ।