सहमतीका लागि तीन दलका शीर्ष नेताहरुको बैठक जारि

गतिरोध अन्त्यको उपाय खोज्न प्रमुख तीन दलका शीर्ष नेताहरुको बैठक अहिले बसिरहेको छ । माओवादी मुख्यालय कोटेश्वर पेरिसडाँडामा जारी बैठकमा तीन दलका शीर्ष नेताहरुको सहभागिता छ ।
सोमबार बसेको तीन दलको बैठकले राष्ट्रिय सहमतिको आधारमा संविधानसभाको समयावधि थप गर्ने निर्णय भएको थियो । बैठकको आग्रहअनुसार नै संविधान संशोधन विधेयकमाथिको छलफल गर्ने मुख्य कार्यसूची हटाइएको थियो । विधेयकविरुद्ध माओवादीले दर्ता गराएको विरोध सूचनाको छलफललाई पनि अघि नबढाउने सहमति प्रमुख तीन दलबीच भएको थियो ।