-यादव भुसाल
जितपुर, कपिलवस्तु – कपिलवस्तु जिल्लाको १५ औ जिल्ला परिषद कपिलवस्तुको सदरमुकाम तौलिहवामा आज सम्पन्न भएको छ । परिषदले जिल्लाको कुल १ अर्व ८१ करोडको वजेट सार्वजनिक गरेको छ । वजेट सार्वजनिक गर्न आयोजित समारोहमा स्थानिय विकास अधिकारी चिरन्जीवि भण्डारीले आगामी वर्षको कार्यक्रममा शिक्षा स्वास्थ्य रोजगारी प्रर्बद्धनका महत्वपूर्ण शुरुवात गरेको र कतिपय पुराना कार्यक्रमको निरन्तरता रहेको जानकारी दिनुभयो ।
प्रस्तावित बजेट गत वर्ष भन्दा ४२ प्रतिशतले वढि रहेको उल्लेख गर्दै आगामी वर्षमा कपिलवस्तुका सातवटा मुख्य नदीनालावाट ढंुगा गिट्टी र वालुवा निकासी ठेक्का नलगाउने प्रस्ताव गरिएको छ । नदीहरुमा भ्याकु मेसिन राखेर व्यापक उत्खनन गर्ने र प्राकृतिक श्रोत साधनको अब्यवस्थित दोहन गर्ने काम भएकोले आगामी वर्षमा ठेक्का नलगाउने घोषणा गरिएको छ भने ती नदीनालाबाट ठेक्का रोक्दा जिविसलाई ७ करोड घाटा हुने वताइएको छ । कपिलवस्तुमा हाल सम्म ३१ करोड वेरुजु रहेको र बेरुजु हुने क्रम वढ्दो रहेको चर्चा गर्दै बेरुजु फसा्रैटमा विशेष कडाई गरिने स्पष्ट पारिएको छ । सामुदायिक अस्पत्ताल निर्माणमा सघाउने जिल्लाको दक्षिणी भेगमा सडक संजाल विस्तार गर्ने विभिन्न क्याम्पसहरुको भौतिक निर्माणमा सघाउने लक्षित वर्गको सिप क्षमता विकास गर्ने उल्लेख गर्दै संचारकर्मीको दक्षता अभिबृद्धिको कार्यक्रम पनि प्रस्ताव गरिएको छ ।
वजेट तथा स्थानिय निती र कार्यक्रम प्रति सुझाव तथा टिप्पणी गर्दै प्रमुख जिल्ला अधिकारी लक्ष्मण थापाले कर्मचारीले नेतृत्व गरेको वर्तमान परिबेशमा वजेटको कार्यान्वयनमा राजनैतिक दलहरुको महतवपूर्ण भूमिका हुने वताउनु भयो । पूर्व विधायक राम लौटन तिवारीले बजेटले सवैतह र तप्काका मागहरु संवोधन गर्न नसकेपनि कार्यान्वयनमा पारदसर्िताको आवश्यकता औल्याउनु भयो ।
त्यसै गरि सुझाव तथा टिप्पणी गर्नेहरुमा एकिकृत माओवादीका सह इन्चार्ज भेषराज भुसाल नेपाली कांग्रेसका सभापति राजेश आचार्य नेकपा एमालेका अध्यक्ष बलराम अधिकारी तमलोपाका रामदास गुप्ता मधेसी जनअधिकार फोरमका केन्द्रिय सदस्य सहश राम यादव राष्टिय जनमोर्चाका अध्यक्ष दधिराम आचार्य मालेका चन्द्रकान्त आचार्य राप्रपा नेपालका नारायण वहादुर िसंह सदभावनाका कुन्ज विहारी कुर्मी रहेका थिए । त्यसै गरि प्रस्तुत वजेट उपर सुझाव तथा टिप्पणी गर्नेहरुमा पत्रकार महासंघका अध्यक्ष भेषराज पाण्डे घरेलु तथा साना उद्योग महासंघका विश्राम प्रसाद चौधरी गैसस महासंघका शिवलाल यादव नागरिक समाजका अध्यक्ष द्रोणराज सुबेदी अन्तर पार्टी महिला संजालकी माधुरी श्रोष्ठ दलित अगुवा रामदेव पासी पिछडा वर्ग महासंघका भुमेश्वर मुराउ लगायत रहेका थिए ।
यसैबीच परिषदको अवसरमा कपिलवस्तुमा रहेर उत्कृष्ठ विकास पत्रकारीता गर्ने पत्रकार सरोज अर्याललाई पुरस्कृत गरिएको छ । पत्रकार महासंघको सिफारिसमा हरेक वर्ष १ जनाले पाउने पुरस्कारको राशी १५ हजार रहेको छ । त्यसै गरि उत्कृष्ठ स्वयम सेविका विधालय एसएलसीमा जिल्लामा उत्कृष्ट हुने विधार्थी लगायतलाई पुरस्कृत गरिएकॊ छ ।