– कृष्ण जिसी
अबुधावी, यूएई – गुल्मी जिल्ला भनभने गाबिस-३ गैराखर्कका भिमकान्त पन्थीको आफुले काम गर्ने कम्पनीको कोठामा हृदयघात भएर राति ११: ३० बजे छटपटाई रहेको अवस्थामा कोठामा बस्ने साथीहरुको सहयोगले हस्पिटल पुराउँदा डक्टरले मृत घोषणा गरेका थिए ।
उक्त घटनाको जानकारी सोही कम्पनीमा काम गर्ने खेतुलाल अधिकारीले दिनु भएको थियो। बुवा आमा पनि गुमाइसकेका भिमकान्त ३१ बर्षका थिए । उनी ३ भाईमध्येका माइला हुन । उनको घरमा १ छोरा र श्रीमती छिन्। घरको आर्थिक अवस्था अत्यन्तै कमजोर भएको कारणले उनी बैदेशिक रोजगारको सिलशिलामा यूएईको अबुधावीमा रहेको AL HUSSAM GENERAL CONTRATING COMPANY मा स्कापफोल्डिङको काम गर्दै आएका थिए। यूएई आएको २ बर्ष भित्रै उनको अल्पआयु मै दुस्खद निधनले उनको परिवारमा बिचल्लि छाएको छ। छोरा र श्रीमतीको कोही सहारा नभएकाले केही भए पनि आर्थिक सङ्कलन गरी सहयोग गर्ने हेतुले सोही कम्पनीका डिबी राउत, राजेश खड्का र खेतुलाल अधिकारिले सहयोग सङ्कलन गरिरहनु भएको छ।
पुलिस रिपोर्ट नआईसकेकोले लास नेपाल पठाउने प्रक्रिया अगाडि नबढेको र रिपोर्ट आईसकेपछि कम्पनीले नै सबै प्रक्रिया पूरा गरेर शवलाई नेपाल पठाउने कुरा डिबी राउतले जानकारी दिनु भयो। साथै यूएईमा रहेका सँघसस्था, समाजसेबी, बुद्धिजिवी र सम्पूर्ण नेपाली दाजुभाई दिदीबहिनीहरुलाई आफुले सक्दो आर्थिक सहयोग गरिदिनु हुन हार्दिक अनुरोध गरिएको छ।