बिमानस्थल प्रहरीले १५ लाख ५० हजार नक्कली भारतीय रुपैयाँ सहित पाकिस्तानी नागरिकलाई पक्राउ

काठमाडौ, जेष्ठ १२ – बिमानस्थल प्रहरीले १५ लाख ५० हजार नक्कली भारतीय रुपैयाँ सहित एक पाकिस्तानी नागरिकलाई पक्राउ गरेको छ ।


पक्राउ पर्ने पाकिस्तान रावलपिण्डी स्थायी निवासी महोम्मद जमिल हुन । बिमानस्थल प्रहरी प्रमुख रमेशशेखर बज्राचार्यका अनुसार जमिलका साथबाट प्रहरीले बिमानस्थल बाहिर निस्कन लाग्दा हजार र पाँचसय दरको भारु बरामद गरेको थियो । बज्राचार्यका अनुसार उनले ल्याएको रकम काठमाडौंमा कसलाई जिम्म लगाउन लागेका थिए भन्ने विषयमा अनुसन्धान भैरहको छ । काठमाडौमा जहाज अवतरण हुनअघि नै प्राप्त सूचनाका आधारमा प्रहरीले उक्त रकम बरामद गरेको खुल्न आएको छ ।

 

जमिल बंगलादेश बिमानबाट मंगलबार बेलुका पाँच बजे काठमाडौ उत्रिएका थिए । प्रारम्भिक अनुसन्धानमा संलग्न अधिकृतका अनुसार जमिल यसअघि पनि पटक पटक काठमाडौ आएको देखिन्छ । बरामद रकम अभियुक्त जमिलले गुडाउने मिल्ने सुटकेशको पीधमा फल्स बटम बनाई राखेको अवस्थामा भेटिएको थियो ।

 

यसअघि बिमानस्थल प्रहरीले नै एक महिला पाकिस्तानी नागरिक म्यारियमबाट ३० लाख भारु बरामद गरेको थियो ।