संविधानसभाको म्याद थप गर्नेबारे लगातार अनिर्णित रहँदै आएको ठूला दलहरुको बैठक फेरि लम्बिएको छ। संविधानसभाको म्याद शुक्रबार सकिंदैछ।तर मुख्य सत्ताधारी दलहरु नेपाली काँग्रेस र एमाले र मुख्य विपक्षी दल एकीकृत माओवादी बुधबार पनि सहमतिमा पुग्न सकेनन्।
गाँठो
प्रधानमन्त्री माधवकुमार नेपालको राजीनामा पहिला कि माओवादी लडाकु समायोजन लगायतका मुद्दाको छिनोफानो पहिला भन्ने गाँठोमा अल्झेको म्याद थपको कुरा तिनै कुरामै अड्केको थियो।बुधवार बिहान र बेलुकी भएका छुट्टाछुट्टै त्रिपक्षीय वार्तामा भाग लिएका एकजना माओवादी नेता नारायणकाजी श्रेष्ठका अनुसार बैठकमा गतिरोध तोड्न प्रगति हुन सकेन।उनले भने, “प्रधानमन्त्रीको राजीनामाका बारे सत्तापक्षले कुरा सुन्नै नचाहेकाले गतिरोध लम्बिएको हो।”
बैठकमा सत्ताधारी दलहरुका सहभागीहरुले भने माओवादीकै कारण सहमति हुन नसकेको बताएका छन्।नेपाली काँग्रेसका नेता अर्जुन नरसिंह केसीले भने, “माओवादीले प्रधानमन्त्रीको राजीनामामा लिएको अड्डीले गर्दा सहमतिको कुरा अगाडि नबढेको हो।”संविधानसभा भवनमा बिहान भएको त्रिदलीय बैठकमा केही बेर बसेका प्रधानमन्त्री माधवकुमार नेपालले अपरान्ह एकजना एमाले नेताको घरमा माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई एक्लाएक्लै भेटेका थिए।त्यसको लगत्तै फेरि त्रिदलीय बैठक बसेको थियो।
चासो
अर्को बैठक बिहीवार फेरि बस्ने बताइएको छ । काठमाण्डूस्थित हाम्रा संवाददाता भन्छन, बिहिबार दिनभरको दलीय सहमतिको कसरत कसरी अगाडि बढ्छ भन्ने कुरामा धेरैको चासो रहनेछ।उक्त कसरतको नतीजाले दुईवर्षे संविधानसभाको शुक्रबार बस्ने बैठक अन्तिम हुने हो वा होइन भन्ने कुराको टुंगो लाग्नेछ।
संविधानसभाको म्याद थप्ने सम्बन्धमा भारतको मौन