गलत इमेल पठाएर सञ्चार माध्यमलाई झुक्याउन खोजियो माधव नेपालले दुई दिन भित्र राजीनामा दिने घोषणा अहिले संसदमा सम्बोधन गरी गर्दैछन् भनेर विष्णु रिजालको नाममा इमेल आएको भनिएको थियो। तर विष्णु रिजाल आफैले फेसबुकमार्फत् यसको खण्डन गरेका छन्। उनले फेसबुकमा लेखेका छन्- Mero name bata fake id banayera galat email pathaiyeko 6. PM will not resign . Be sure. संसदको सम्बोधन भनी आएको इमेल ठेगाना पहिले उनको नामबाट आउने इमेलभन्दा फरक छ। यो गलत र झुक्याउने इमेल bishnurijaal@gmail.com बाट आएको छ जबकि अरु बेला उनको इमेल bishnurijal@gmail.com बाट आउने गर्छ। झुक्याउन खोज्नेहरुले rijal को a थपेर अरु सबै दुरुस्तै उनले पठाउने शैलिमा नै पठाएर झुक्याउन खोजेका छन्।
के थियो इमेलमा ?
सम्माननीय सभामुख महोदय,
माननीय सभासदहरु,
निरंकुश राजतन्त्र विरुद्ध राजनीतिक दलहरुले गरेको ऐतिहासिक जनआन्दोलनको बलमा स्थापित संविधानसभाबाट नया



