– गणेश चुदाली, अर्घाखाँची हाल काठमान्डौ
अन्तिम समयमा संविधानसभाको म्याद एक बर्ष थप्न तयार दलहरुले सहमतिको प्रयास भोलिदेखि मात्रै सुरु गर्ने भएका छन् । आजगणतन्त्र दिवस र हिजो रातभरीको थकाइले आज एकदिन आन्तरिक छलफल गरेर भोलिदेखि मात्रै त्रपिक्षिय छलफल गर्ने नेताहरुले बताएका छन् ।
एमाले अध्यक्ष झलनाथ खनालले भोलिदेखि यसअघि तय भएका ६ बुदामा प्याकेजमा सहमति खोज्न छलफल सुरु हुने बताउनुभयो । दलहरुबीच आन्तरिक रुपमा एक हप्ताभित्रै सबै प्रकि्रयाको टुङ्गो लगाएर प्रधानमन्त्रीले राजीनामा दिने र नयाँ राष्ट्रिय सरकारका लागि बाटो खोल्ने सहमति भएको छ । स्रोतका अनुसार ५ दिनभित्र प्रधानमन्त्रीले संसदमार्फत राजीनामा दिनेगरि दलहरुबीचका लिखित सहमति भएको छ ।
एकीकृत नेकपा माओवादीका नेता देव गुरुङले आजैदेखि एकीकृत नेकपा माओवादी आज आन्तरिक छलफल गर्ने र भोलिदेखि दलहरुबीचको सयुक्त छलफल गर्ने बताउनुभयो ।