अन्तिम समयमा संविधानसभाको म्याद एक वर्ष थपेकोमा युरोपियन यूनियनद्धारा स्वागत

काठमाडौं, जेठ १५  संविधानसभाको म्याद एक वर्ष थपेकोमा युरोपियन यूनियनका प्रतिनिधी राष्ट्रहरुले  स्वगत व्यक्त गरेका छन्। अन्तिम समयमा भएको  उपलब्धिबाट नेपाली जनताले  अवरोधहरुबाट पार पाउने  भन्दै राजनीतिक दलहरुले  संविधान निर्माण गर्ने कामलाई पूर्णता दिनेमा आफु विश्वस्त रहेको जनाएको छ।

बिस्तृत शान्ति सम्झौताको भावनाअनुरुप दलहरुले एकअर्कासँग मिलेर देशका जनताको हितमा काम गर्नुपर्नेमा उसले‍ जोड दिएको छ।