लुम्बिनीमा मायादेवी मन्दिरभित्र राखिएको दानपात्रको रकम चोरी, तीन जना सुरक्षा गार्डलाई नियन्त्रणमा


लुम्बिनी – अन्तर्राष्ट्रिय पर्यटक स्थल लुम्बिनीमा रहेको मायादेवी मन्दिरभित्र राखिएको दानपात्रको रकम गएराति चोरी भएको छ।

 

मायादेवी मन्दिरमा रहेको दक्षिणढोकाको ताल्चा फोडेर चोरहरुले दानपात्रमा राखिएको रकम चोरी गरेका हुन्।
रकम चोरी भएपछि प्रहरीले विकास कोषभित्र कार्यरत तीन जना सुरक्षा गार्डलाई नियन्त्रणमा लिएको छ।

 

प्रहरीले घटनाको अनुसन्धानको लागि मायादेवी मन्दिर परिसरमा कडाई गरेको छ। कतिरकम चोरी भयो भन्ने कुरा अहिलेसम्म खुल्न सकेको छैन । दानपात्रमा लाखौं रुपैया संकलन हुने गरेको थियो। लुम्बिनीका विभिन्न स्थानमा यस्ता दानपात्रहरु राखिएको छ।