एमाले स्थायी समितिको बैठक बल्खुमा जारी, ३ दलको बैठक केहि बेरमै बस्दै

-गणेश चुदाली हाल काठमान्डौ


समसामयिक विषयवस्तुमाथि छलफलका लागि सत्तारुढ नेकपा एमाले स्थायी समितिको बैठक अहिले बसिरहेको छ । पार्टी कार्यालय वल्खुमा बस्ने बैठकमा जेठ १४ गतेको सहमति कार्यान्वयन लगायत समसामयिक विषयमा छलफल केन्द्रित रहने एमाले सचिव विष्णु पौडेलले सीआईएनलाई बताउनुभयो ।

३ दलको बैठक केहि बेरमै बस्दै

प्रमुख तीन राजनीतिक दलको बैठक आज पनि बस्दैछ । दिउँसो एक बजे संविधानसभा भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा अस्ती भएको तीन बुँदे सहमतिलाई निष्कर्षमा पुर् याउने विषयमा कुराकानी हुने एमाले नेता भरतमोहन अधिकारीले जानकारी दिनुभयो ।

 

हिजो भएको बैठकमा तीन बुँदे सहमतिलाई आफू अनुकुल व्याख्या भएपछि आ-आफ्नो पार्टीमा स्पष्ट पार्ने सहमति भएको थियो । तर दलहरु पहिला माओवादी सेनाको व्यवस्थापन गर्ने कि पहिला प्रधानमन्त्रीले राजिनामा दिने भन्ने बहसमा अलमिएकाले आजको बैठक पनि कुनै निष्कर्षमा पुग्ने देखिदैन ।