जनताले चुनेर पठाएका ६०१ सभासद्ले जनताको अभिभारा पुरानगरेको र कुसर्िकोलागि तानातान र भत्ता बुझ्नेकाम मात्र गरेको प्रति आक्रोश ब्यत्त गरिएको थियो । गणतन्त्रको स्थापनाको दिनलाई नेपाली जनताले कहिल्यै भुल्नसक्ने छैनन् किनभने नेपाली जनता रैतिभएर रहेकाथिए गणतन्त्रआएपछि आफ्नो हकअधिकार पाएकाछन् तर यो संबैधानिक हुनसकेकोछैन रपनि राजनैतिक समझदारीमा जनतालाई सार्बभौम बनाउनुपर्ने सन्धर्भमा सबै बत्ता हरुको जोड रहेको थियो ।
दुई चरणमा सम्पन्न भएको कार्यक्रममा संघियता संबन्धमा नेपालमा सयौंबर्षदेखि मेलमिलाप र सद्भावले रहेका जनतालाई बिभिन्न जातीय राज्य बिभाजनगरी जाती जाती बिचको एकतालाई बिखन्डनगर्न खोजेको त्यसमापनि केही जातिय राज्यबनाउने कुरा नेपाली जनतालाई मान्य नहुने यसले आक्रोशबड्ने र जाति जातिबिच लडाईहुने भएकाले यो कुनैहालतमापनि खारेजहुनुपर्नेमा जोडदिएकाथिए ।
सोही भेलाले संघियता बिरुद्द सघर्ष समिति यूएई कृष्ण ढकालको संयोजकमा २५ सदस्य कार्य समिति गठनगरी बिभिन्न बिभागीय जिम्मेबारी बाडफ़ाड गरेको जनाइएको छ । साथै ९ जना सदस्य रहेको सचिवालय समितिपनि गठनगरेको छ । यस सन्धर्भमा पुरा जानकारि भने प्राप्त भएको छैन । उक्तकार्यक्रमको संचालन मानबहादर थापाले गरेकाथिए भने कार्यक्रमको अध्यक्षता शारदा प्रसाद भटट्राईले गरेको सो कार्यक्रम करिव ४ घण्टासम्म संचालन भएको दुबई बाट सन्चारकर्मी शंकर ज्ञवाली ले जानकारि दिएका छन ।



