माओवादी स्थायी समिति बैठक सम्पन्न , प्रधानमन्त्रीले २ दिन भित्र राजीनामा नदिए सहमती बिग्रने चेतावनी

एकिकृत नेकपा माओवादीले तीन दलिय सहमतिलाई पूर्ण रुपमा पालना गर्न सत्तारुढ दलहरुसँग आग्रह गरेको छ । केहीबेर अघि सम्पन्न बैठकले यस्तो आग्रह गरेको हो । बैठकपछि माओवादी प्रवक्ता दिनानाथ शर्माले दुईदिन राजिनामा दिन प्रधानमन्त्रीलाई आग्रह गरिएको बताउनुभयो ।

 

बैठकले दुईदिनमा प्रधानमन्त्रीको राजिनामा नआए सहमति विग्रने ठहर समेत गरेको उहाँले बताउनुभयो ।  बैठकमा सहमतिको बारेमा सत्ता पक्षको टिप्पणी र पार्टीको अवको रणनीतिका बारेमा पनि छलफल भएको थियो ।

 

 प्रधानमन्त्रीले ५ दिनभित्र राजिनामा दिने मौखिक सहमति भएको बताउँदै आएको माओवादी प्रंधानमन्त्रीले तत्काल राजिनामा नदिने संकेत पाएपछि चिढिएको छ ।