उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि : हाल बुटबल
बुटबल जेठ १८ रुपन्देहीको विष्णुपूरामा अज्ञात समूहले चलाएको गोलीबाट माओवादी राज्य समिति स्तरीय एक नेताको हत्या भएको छ । विष्णुपूरा १ ठाकुरापुरमा सोमबार साँझ नचिनेका व्यक्तिहरुको समूहले चलाएको गोलीबाट सोही स्थानका माओवादी अवध मधेश राज्य समितिका सदस्य सफतु यादवको हत्या भएको हो । जिल्ला प्रहरी प्रमुख छबिलाल बाजाडेका अनुसार उनलाई ३ वटा गोली लागेको र घटनास्थमै मृत्यु भएको हो ।
यता माओवादी रुपन्देही जिल्ला सेक्रेटरी यज्ञ पोखरेलले हरैयाबाट घर तर्फ जाँदा यादवलाई पछाडिबाट गोली हानिएको बताएका छन् । उनले हत्याको भस्रना गर्दै आज बिहान बुटवलमा शव यात्रा निकालिएको छ । हत्या गरिएका यादव विष्णुपूरा सामुदायिक वन उपभोक्ता समितिका अध्यक्ष समेत हुन् । यता प्रहरीले घटनाबारे अनुसन्धनान सुरु गरेको जनाएको छ यधपि यो समाचार तयार पार्दा समेत कसैले हत्याको जिम्मेवारि लिएको छैन । हत्या गरिएपछि सन्चारकर्मि हरुलाइ फ़ोन गरि आफ़ु लाइ तराइ जनतान्त्रिक मोर्चाको कार्यकर्ता बताउने एक ब्याति ले आफ़्नो पार्टि को निर्देशनमा आफ़ुले हत्या गरेको बताएका थिए भनि अस्पस्ट जानकारि बाहिर ल्याइएको छ । आधिकारिक जानकारि अहिले सम्म प्रप्त भएको छैन ।