मात्रिका समूहको जनसुरक्षा बल पाल्पामा गठन

 पाल्पाको मदनपोखरा गाविसमा हालै मात्रिका समूहको युवा जनसुरक्षा बल गठन भएको छ । उमबहादुर बौडेल र मीना बौडेल संयोजक गरेको ११ सदस्य युवा कमिटी गठन गरिएको माओवादी मात्रिका समूहले जनाएको छ । समितिको सदस्यहरुमा सुनिता बौडेल पम्फा बौडेल कल्पना बौडेल डिलमाया नेपाली सरिता बौडेल मनिषा बौडेललगायत छन् ।
युवा जनसुरक्षा बलमा संगठित भएका सवै वाइसिएल परित्याग गरी आएको पुर्नगठित माओवादीका अमरदीप विसी ले जनाएका छन् । यस्तै दोभान गविस को हात्तीकोट र फुलबारीमा पनि युवा सुरक्षा बल गठन गरिएको छ बताइएको छ ।