गुल्मीमा गरिबीले गर्दा गाडेको सिनो निकालेर खाईयो

उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि : हाल बुटबल 
 किनेर मासु खान सक्ने अवस्था नभएपछि गुल्मी जिल्लाको पश्चिमी क्षेत्रको भनभने गाविसका दलित समुदायले मरेपछि गाडेको पशुको मासु जमिनमुनीबाट निकालेर खाएका छन् । भनभने गाविस-५ मा विहिवार परेको चट्याङले विष्णु कुँवरको राँगो मरेपछि बारीमा खाडल खनेर गाडिएको थियो । जंगलमा राँगो गाडेको जानकारी पाएपछि भनभने-९ का तेजबहादुर वि.क., धनबहादुर वि.क., देवि बि. क. लगायतले जमिनमुनीबाट राँगो निकालेर बाँडीचुडी खाएको धनबहादुर वि.क. ले बताए ।
 
सधै भर मासु किनेर खान नसक्ने भएकाले आफुहरूले वर्षौ देखि नै सिनो -मरेर गाडेको मासु निकाल्ने खाने गरेको बताए । गाडेको थाहा पाएसम्म हामी सधै खान्छौं ।