काठमाडौं, जेष्ठ १८ – सरकारले गणतन्त्र दिवसका अवसरमा विभिन्न व्यक्तित्वलाई प्रदान गरेको विभूषणविरुद्ध सर्वोच्चमा रिट दायर परेको छ । ईन्हुरेड इन्टरनेशनलका तर्फबाट उक्त विभूषण प्रदान गर्ने निर्णय बदर गर्न माग गर्दै सर्वोच्चमा रिट दायर भएको हो ।
रिटमा सरकारद्वारा प्रदान गरिएको विभूषण अन्तरिम संविधान विपरीत भएको भन्दै उक्त निर्णय बदर गर्न माग गरिएको छ ।



