गणेश चुदाली हाल काठमान्डौ
सभासहरुले गत १४ गते शुक्रवार भएको सहमति कार्यान्वयनमा तीन दलले उदासीनता देखाएको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनीहरुले प्रमुख दलले सहमति कार्यान्वयन नगरे आगामी एक बर्षमा पनि संविधान नबन्ने बताए । व्यबस्थापिका संसदको आज बसेको बैठकको शून्य समयमा सभाषदहरुले तीनबुदे सहमतिको इमान्दारी कार्यान्वयनमा गम्भीर बन्न दलहरुसंग आग्रह गरेका हुन । एकीकृत नेकपा माओवादीका नरेश भण्डारी निरकुमारी कुवर पदमलाल विश्वकर्मा लगायतले सत्तारुढ दलहरुले १४ गते भएको सहमतिको अपव्याख्या गरेर प्रधानमन्त्रीले राजीनामा गर्न अटेर गरेको आरोप लगाऊनुभयो ।
नेपाली कागे्रसका नविन्द्रराज जोशीले शान्ति प्रकि्रर्याको भरपर्दो कार्यतालिका तयार गरेर विगतका सहमति कार्यान्वयन गर्दै संविधान निर्माणमा ध्यान केन्द्रीत गर्नुपर्ने बताउनुभयो । एमालेका नजिर मियाँले तीनदलवीच भएको सहमतिको इमान्दारीतापूर्वक कार्यान्वयन गर्न माग गर्नुभयो । नेपाली कागे्रसका पुरुषोत्तम बस्नेत धनराज गुरुङ्गल लगायतले सरकारले गणतन्त्र विरोधीलाइ पदक दिने निर्णय गम्भीर त्रुटिपूर्ण भएको भन्दै सच्चाउन माग गर्नुभएको थियो । सभाषदहरुले जनआन्दोलनका दोषीलाइ पुरस्कृत गरेर शहिदको सपनामा पानी खनाएको आरोप लगाएका थिए ।