जनआन्दोलनको बलमा बनेको गणतान्त्रिक सरकारले जनआन्दोलन दबाउनेलाई तक्मा दिएको भन्दै शहीद र घाइते परिवारले विरोध गरेपछि समितिले उक्त निर्णय फिर्ता गरेको हो।
समितिका अध्यक्ष उपप्रधानमन्त्री विजयकुमार गच्छदारले छोटो समयमा सिफारिश गर्नु परेकाले त्रुटि भएको स्वीकारेका छन्।
गणतन्त्र दिवसको अवसर पारेर झण्डै दुइसय सत्तरी जनालाई दिइएको तक्मामाथि विवाद बढ्दै गएपछि मंगलबार बसेको पदक सिफारिस समितिले तक्मा फिर्ता लिने निर्णय गरेको हो।
किटानी
समितिका अध्यक्ष उपप्रधानमन्त्री विजयकुमार गच्छदारले दुइजना प्रहरी अधिकारीको पदक फिर्ता गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको बताए।
सशस्त्र प्रहरीका प्रहरी नायव महानिरिक्षक दुर्जकुमार राई र नेपाल प्रहरीका प्रहरी नायव महानिरिक्षक कुवेरसिंह रानालाई दिने भनिएको तक्मा फिर्ता गर्ने सिफारिश गरिएको गृहमन्त्रालयले जनाएको छ।
ती प्रहरी अधिकारीहरुले जनआन्दोलनका बेला आन्दोलनकारीमाथि गोली प्रहार गरेको किटानी शहिद परिवारले गर्ने गरेका छन् ।
समितिले दुईजनाको मात्र तक्मा फिर्ता लिने निर्णय गरेपनि मन्त्रिपरिषदले अरु थप निर्णय गर्न सक्ने संकेत गच्छदारले दिए।
दिईसकेको तक्मा फिर्ता लिनुपर्ने अवस्था बारे उनले भने,



