अवैधरुपले नेपाल प्रवेश गरेका १० जना तीव्वती नागरिकलाई प्रहरीले पक्राउ

दोलखा, जेष्ठ १९ – चीनसँग सीमा जोडिएको दोलखाका लामावगर नाका हुदै अवैधरुपले नेपाल प्रवेश गरेका १० जना तीव्वती नागरिकलाई वुधवार प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेकामा ३ जना महिला र ७ जना पुरुष रहेका छन् ।

दोलखाको सीमा प्रहरी चौकी लामावगर र गोगर हुदै नेपाल प्रवेश गरेका उनीहरुलाई राजधानी जान लागेका वेला सदरमुकामम चरिकोटको सातदोवाटो प्रहरी चौकीले पक्राउ गरेको हो । पक्राउ परेका सवैलाई जिल्ला प्रहरी कार्यालय दोलखामा राखिएको  छ ।  दोलखाको लामिडाँडा गाविसको वन्चरेमा दुईवटा मोटरसाईकलमा आएको एक समूहले जवरजस्ती यात्रुवाहकवसवाट ओरालेर उनीहरुसँग रहेका नेपाली  ४५ हजार नगद लुटपाट समेत गरेको छ । 

पछिल्लो समय लामावगर नाका हुदै नेपाल प्रवेश गर्ने तिव्वतीको संख्या वढेको छ । पक्राउ परेका  उनीहरुलाई अध्यागमन विभागको जिम्मा लगाउने प्रहरीले जनाएको छ । उनीहरु लामावगर नाका हुदै भारतमा दलाई लामा भेटन हिड्ने गरेको प्रहरीले अनुमान गरेको  छ ।