उमाकान्त पाण्डे गाउले – मध्यपुर्व स्थित अन्तरास्ट्रिय प्रमुख प्रतिनिधि : हाल बुटबल
एकीक्रित नेकपा माओवादीले आफ्ना कार्यकर्ता हत्याको विरोधमा आह्वान गरेको रुपन्देही बन्दको कार्यक्रम अहिले १२ बजे बाट फिर्ता लिएको छ । बन्द कार्यक्रम फिर्ताको घोषणा केहिवेर अघि बुटबलको मनिष होटलमा पत्रकार सम्मेलन गरेर जनाइएको हो ।
प्रहरीले गएराति यादवको हत्यामा संलग्न भएको आशंकामा ३ जना पुर्व माओवादी कार्यकर्ता रुपन्देही अरैयाबाट देवनारायण जैसवाल,राजेन्द्र पासी र रामविलास नायकलाई हातहतियार सहित पक्राउ गरेको र प्रशासनले आफ्ना केहि माग पुरा गर्ने आश्वासन दिएपछि बन्द फिर्ता गरिएको माओवादीले जनाएको छ । माओवादीले गरेको बन्दका कारण रुपन्देही जिल्लाको जनजीवन प्रभावित भएको थियो । गएको १७ गते माओवादीको अवधमधेश राज्य समितिका सदस्य सपाटु यादवको हत्या भएको विरोधमा माओवादीले आज रुपन्देही बन्दको आह्वान गरेको हो । सो बन्द फ़िर्ता गर्नका लागि गरिएको पत्रकार सम्मेलन मा जनाइए अनुसार आफ़्नो सुराकिको आधारमा प्रशासन ले हत्यारालाइ पक्राउगर्न सफ़ल भएको तथा कथितरुपमा ब्यत्तब्य बाजि गरि हत्या प्रकरणमा पक्राउ परेका पुर्व माओबादि कार्यक्रता रहेको भन्ने भनाई लाइ खन्डन गरिएको छ ।