उदयपुर, जेष्ठ २० – चिकित्सकसहितको टोली लिएर ओखलढुंगा जाँदै गरेको एक मिनिबस बुधबार साँझ सिद्धिचरण राजमार्गको कटारी घुर्मी सडकखण्डअन्तर्गत लेखानी- २ नागथानमा दुर्घटना हुँदा ५ जनाको मृत्यु भएको छ ।
दुई बेपता हुनुका साथै १० गम्भीर घाइते भएको प्रहरीले जनाएको छ । ओखलढुंगाको रुम्जाटारमा बिहीबार सुरु हुने स्वास्थ्य शिविरका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानबाट गएको चिकित्सकसहितको टोली दुर्घटनामा परेको प्रहरी नायब उपरीक्षक मनोज यादवले बताए । घाइते सबैको अवस्था गम्भीर रहेको यादवले बताए ।२८ वर्षकी टीका कोइराला र ३५ वर्षका सन्तोष रायमाझीको उपचारका क्रममा मृत्यु भएको कटारी अस्पतालले जनाएको छ । मृत्यु भएका र बेपताको
तत्काल सनाखत हुन नसकेको यादवले बताए । बेपत्ताको खोजी भइरहेको छ ।



