पुतलीसडकस्थित त्रिवेणी कम्लेक्समा आगलागी एक करोड बराबरको क्षति भएको अनुमान

काठमाण्डूको पुतलीसडकस्थित त्रिवेणी कम्लेक्समा बिहान भएको आगलागीमा करिब एक करोड बराबरको क्षति भएको छ । त्रिवेणी गु्रपको त्रिवेणी प्रपटिज र चिया विकास निगमको कार्यालयमा रहेको कम्लेक्सको छैंटौं र सातौं तलामा आगलागी भएको हो । आगलागीमा कार्यालयका अनुसार महत्वपूर्ण थुप्रै कागजातहरु जलेको छ । विद्युत सर्ट भएको आगो लागेको प्रहरीले जनाएको छ । उपत्यकाका तीनवटै जिल्लाका वारुण यन्त्रहरु प्रयोग गरी बिहान ८ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।