गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ
काठमान्डौको पुतलीसडकस्थित त्रिवेणी कम्लेक्समा बिहान भएको आगलागीमा करिब एक करोड बराबरको क्षति भएको छ ।
त्रिवेणी गु्रपको त्रिवेणी प्रपटिज र चिया विकास निगमको कार्यालयमा रहेको कम्लेक्सको छैंटौं र सातौं तलामा आगलागी भएको हो । आगलागीमा कार्यालयका अनुसार महत्वपूर्ण थुप्रै कागजातहरु जलेको छ । विद्युत सर्ट भएको आगो लागेको प्रहरीले जनाएको छ ।
उपत्यकाका तीनवटै जिल्लाका वारुण यन्त्रहरु प्रयोग गरी बिहान ८ बजेतिर आगो नियन्त्रणमा लिइएको थियो ।