आज जेठ २१ गते अर्थात छुवाछुतमुक्त राष्ट्र घोषणा दिवस

गणेश चुदाली अर्घाखाँची, हाल काठमान्डौ

 


आज जेठ २१ गते अर्थात छुवाछुतमुक्त राष्ट्र घोषणा गरिएको दिन ॥ आजको दिनलाई नेपालमा दलित अधिकारका क्षेत्रमा काम गर्ने विभिन्न संघसंस्थाहरुले विविध कार्यक्रमका साथ मनाउने गर्दछन् । 

 

 २०६३ जेठ २१ गते आजकै दिन जनआन्दोलनद्धारा पुनस्थापित प्रतिनिधि सभाले राष्टलाई छुवाछुत मुक्त राष्ट्र घोषणा गरेको थियो । तर व्यवस्थापिका संसदद्धारा भएको यो घोषणा कार्यान्वयनको लागि अहिलेसम्म कुनै पनि ऐन कानून बन्न सकेको छैन ।

 

व्यवस्थापिका संसदको अघिल्लो अधिवेशनमा सरकारले छुवाछुत एवं जातिय भेदभाव कसुर तथा सजाय विधेयक पेश गरेको भए पनि त्यत्तिकै थन्किएर बसेको छ । २०२० सालमा राजा महेन्द्रले मुलुकी ऐनमा नै छुवाछुतलाई निषेध गरेको भए पनि कानूनको कार्यान्वय हुन नसक्दा अहिले पनि छुवाछुत गर्ने चलन यथावत जस्तै छ ।