काठमाडौं, जेष्ठ २२ – जनसंख्या, शरणार्थी तथा आप्रवाससम्बन्धी अमेरिकी उपसहायक मन्त्री केल्ली क्लेमेन्ट्स बिहीबार नेपाल आउने भएका छन् ।
तीन दिने भ्रमणमा उनले प्रधानमन्त्री माधवकुमार नेपाल, उपप्रधानमन्त्री तथा परराष्ट्रमन्त्री सुजाता कोइराला, गृहमन्त्री भीम रावललगायतको उच्च सरकारी अधिकारीसँग भेट्ने कार्यक्रम छ ।
उनले झापाको बेलडांगीस्थित भुटानी शरणार्थी शिविरको पनि निरीक्षण गर्ने परराष्ट्र स्रोतले जनायो ।