नेटवर्किङ व्यापार युनिटी लाइफ इन्टरनेशनलका सञ्चालक मोस्टवान्टेड सूचीमा

नेटवर्किङ व्यापार युनिटी लाइफ इन्टरनेशनलका अध्यक्ष काशीरामप्रसाद गुरुङ, प्रवन्ध निर्देशक विष्णुबहादुर खत्रीसहित छ जनालाई प्रहरीले मोष्ट वान्टेडको सूचीमा राखेको छ।


सरकारको अनुमति नलिइ बैंक तथा वित्तिय संस्था संचालन गरी सर्वसाधारणको अरवौं रुपैयाँ ठगी गरेको उजुरीका आधारमा उनीहरुलाई मोष्ट वान्टेडको सूचीमा राखिएको प्रहरीले बताएको छ।

 

नेपाल प्रहरीले आफ्नो वेभ साइट तथा मातहतका निकायहरुमा लिखित पुर्जीमा उनीहरुले गरेको कसुरदेखि नागरिकता नम्वर, स्थायी ठेगाना र बावुको नाम उल्लेख गरी तत्काल पक्राउ गर्न निर्देशन दिइएको छ।

 

प्रहरीले सर्वसाधारणलाई उनीहरु कहि कतै देखिए सूचना दिन आग्रह पनि गरेको छ।